१७ मंसिर २०८१, सोमबार

सामुदायिक तथा निजि विद्यालयका शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा लैजाने तयारी

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई

2

काठमाडौं/२७ भदौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सबै प्रकृतिका

सामुदायिक विद्यालयका इसिडी शिक्षक, राहत शिक्षक र विद्यालय कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा लैजाने तयारी भएको बताएकी हुन् ।

खबर एजुकेशनले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सबै शिक्षकहरूलाई सुरक्षित, मर्यादित र सम्मानित गर्नुपर्ने र सामुदायिक तथा निजि विद्यालयका शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा लैजान सके शिक्षकहरू सुरक्षित, मर्यादित र सम्मानित हुने बताइन ।

धेरै शिक्षक र विद्यालय कर्मचारी ६० वर्ष पुरा गर्दा पनि केही नपाएको गुनासो आउने गरेको बताउँदै यसलाई सामाजिक सुरक्षा कोषबाट सम्बोधन गर्न सकिने उनिहरूलाई सम्मान हुने धारणा मन्त्री भट्टराईको छ ।

Leave A Reply

Your email address will not be published.