किरातीको ‘हुरीभित्र नाचिरहेको ईश्वर’ दोस्रो अवतार सार्वजनिक
इटहरी, ३० असार। कवि देवान किरातीको ‘हुरीभित्र नाचिरहेको ईश्वर‘ दोस्रो अवतारको लोकार्पण भएको छ । बुधवार इटहरी स्थित बगान लाउन्जमा एक कार्यक्रमका बिच किरातीको कविता संग्रह सार्वजनिक गरिएको हो । उक्त्त संग्रहमा किरातीका ४३ कविता रहेका छन् ।
कार्यक्रममा वरिष्ठ साहित्यकारहरु गणेश रसिक, वम देवान,मनुमन्जिल,सिमा आभास,बद्री भिखारी,जसराज किराती लगायत इटहरीका साहित्य अनुरागी साथै बिशिस्ट ब्यक्तिहरुको समेत उपस्थित रहेको थियो ।
कवि किरातीले मोफसलमा रहेर निकै लामो समय देखी साहित्य क्षेत्रमा काम गरीरहेका छन् । झण्डै एक दशक पछि उनको ‘हुरीमा नाचिरहेको ईश्वर’ को दोस्रो अवतार सार्वजनिक भएको हो । आधुनिक नेपाली कवितामा मौलिकता सहित देखापरेका थोरै कविहरु मध्ये किराती पनि एक हुन्।