२ माघ २०८१, बुधबार

महिलाको नेतृत्व फितलो भन्नेहरुका लागी भरतपुरकी मेयर रेनु उदाहरण

दोश्रो पटक मत र मन दुबै जितिन

111


सत्ता
गठबन्धनबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल आफ्ना प्रतिद्वन्द्वीहरूलाई हराउँदै भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित भएकी छन्।

आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई १२,४४६ मतको अन्तरले हराउँदै रेनु दाहाल भरतपुरको मेयरमा पुनःनिर्वाचित भएकी हुन्। अघिल्लो निर्वाचनमा उनले एमालेका देवी ज्ञवालीलाई झिनो मतान्तरले हराएकी थिइन्।

यसपालि दाहालको मत ५२,०२८ भने सुवेदीको ३९,५८२। कांग्रेसको निर्णय विपरीत उम्मेदवार बनेका पूर्वसांसद जगन्नाथ पौडेलले१४,७२८ मत ल्याएका छन्।

दोस्रो पटक महानगरको प्रमुखमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले भरतपुरलाई देशको नमुना सहरको रूपमा विकास गर्नेबताइन्।

उनले अधुरा रहेका विकास निर्माणका कामहरू पूरा गरिने पनि धारणा राखेकी छन्। उनले आफूले मतदाताहरूले दिएको मतको कदर हुनेगरी काम गर्ने पनि बताएकी छन्।

Leave A Reply

Your email address will not be published.