पुर्व विधार्थीद्वारा काली माविलाई ४० थान पंखा सहयोग
अनु निरौला, ३० जेठ , बेलबारी । मंगलबार मोरङको बेलबारी – ९ स्थित काली माध्यमिक विध्यालयमा एक कार्यक्रमका बिच पंखा बितरण गरिएको छ ।
हाल संयुक्त राज्य युके बसोबास गरिरहेका काली माविका पुर्व विधार्थी बिमला राई , शर्मिला राई र महेन्द्र राईले ४० थान पंखा सहयोग गरेका छन ।
विध्यालयको विकास र शैक्षिक गुणस्तरका लागी थप सहयोग गर्ने राई परिवारले बताएका छन । उक्त विध्यालयका व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
खड्काले विध्यालयको शैक्षिक गुणस्तर तथा विधार्थी संख्या वृद्धि गर्न विशेष योजनाका साथ अगि बड्ने बताए l
कार्यक्रममा उक्त वडाका वडाध्यक्ष शालिग्राम बस्नेत , समाजसेवी गणेश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।