४ फाल्गुन २०८१, आईतवार

पाँचथर क्याम्पसको स्ववियुमा अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध

8

पाँचथर । पाँचथर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध भएका छन् । निर्वाचन तालिका अनुसार शनिबार भएको मनोनयन प्रक्रियामा कुनै पनि पदमा एकभन्दा धेरैको उम्मेदवारी नपरेकाले सबै निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा नेपाल विद्यार्थी संघकी मुना नेपाली, उपाध्यक्षमा एमाले निकट अनेरास्ववियुका उमेश सुवेदी, सचिवमा अखिल (क्रान्तिकारी)का प्रवेश राई, सहसचिवमा नेकपा एस निकट अनेरास्ववियूका विशाल राई, कोषाध्यक्षमा समाजवादी विद्यार्थी युनियनकी रोजा जबेगु निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १० सदस्यीय रहने स्ववियुमा पाँचथर क्याम्पसका लागि बाँकी १० जना सदस्यको पनि सहमतिमै मनोनयन दर्ता भएको छ ।

स्ववियु अध्यक्षमा निर्वाचित मुना नेपाली नेविसंघको जिल्ला सदस्य हुन्। उनी पाँचथर बहुमुखी क्याम्पस विएड चौथो वर्षमा अध्ययनरत छिन् । बुद्व मावि फलैंचामा कक्षा ९ मा अध्ययन गर्दागर्दै नेविसंघमा संघठित भएकी थिइन् ।

पाँचथर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले महिला नेतृत्व पाएको यो पहिलो पटक हो ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto