४ फाल्गुन २०८१, आईतवार

मिस्टर एण्ड मिस थारु आइकन को आवेदन खुल्ला, बिजेतालाई नगद सहित दुबई भ्रमण

108

१२, साउन। थारु कला केन्द्रको आयोजनामा हुने राष्ट्रिय स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०७९ का लागि आबेदन खुल्ला गरिएको छ। यसका लागि थारु कला केन्द्रको वेब साइट tharukalakendra.com बाट अनलाइन आबेदन भर्न सकिनेछ।

थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रितिरिवाजलाई झल्काउँन र संरक्षण गर्न तथा थारु प्रतिभालाई उजागर गर्न कार्यक्रम आयोजना हुने अध्यक्ष बिएन चौधरीले जनाएको छ। पहिलो र दोश्रो संस्करण सफलता पुर्वक संम्पन्न गरी सकेको थारु कला केन्द्रले तेस्रो संस्करणमा बिगत भन्दा प्रभाबकारी तथा पर्यटकीय प्रवर्धनमा समेत टेवा पुग्ने गरी कार्यक्रम हुने बताए।

प्रदेश १ को राजधानी बिराटनगर, गाईघाट, झुम्का, बिर्तामोड, दुहबी र नेताचोक लगायत ठाउँमा अडिसन हुनेछ भने श्रावण मसान्त सम्म आबेदन फारम भर्न सकिनेछ। अडिसन हुने मिति भने तय हुन् बाँकी रहेको कार्यक्रम संयोजक सनराइज चौधरीले बताए। आबेदनका लागि एसएलसी तथा एसीइइ उतिर्ण, १६ बर्ष देखि २७ बर्ष सम्मका थारु अबिबाहित महिला तथा पुरुषले आबेदन दिन सक्नेछ। तेस्रो संस्करणमा भने बिजेताहरुले नगद सहित दुबई भ्रमण गर्न पाउनेछन। साथै अध्यनका निःशुल्क छात्रवृति, नि:शुल्क बेसिक एण्ड मेकअप कोर्ष, म्युजिक भिडियोमा अवसर पाउने चौधरीले बताए।
देशभरबाट आवेदन अनलाइन भर्न सकिनेछ।

अरु ब्युटी प्याजेन्ट “सो” भन्दा यो फरक कार्यक्रम रहने र यसमा थारु समुदायको सौन्दर्यता र प्रतिभालाई मात्र झल्काउने होइन थारुको कला संस्कृति, परम्परा, भेषभुषा र भाषालाई बचाई राख्न र संरक्षण गर्न र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने र अवसर प्रदान गर्ने थलो रहेको केन्द्र सल्लाहकार देब कृष्ण बिश्वासको तर्क छ।

सुनसरीमा जेयस कलेक्सन खनार, अफ्टर डार्क दुहबी, मेघा डिजिटल झुम्का, राइजिङ्ग डान्स एण्ड जुम्बा सेन्टर झुम्का, झापामा पर्पल किचेन एण्ड इन्टेरियर दमक र उदयपुरमा जे एण्ड फुड ल्याण्ड एण्ड पार्टी गाईघाटबाट आबेदन फारम भर्न र बझाउन सकिनेछ । त्यसैगरी मोरंगको निशील पुस्तक नेताचोक, क्लासिक रेष्टुरेन्ट एण्ड बार नेताचोक, ए बन फोटो स्टुडियो झोराहाट, ह्याज ट्याग फुड एण्ड बार बिराटनगर, आइफोन केयर बिराटनगरमा आबेदन फारम भर्न र बुझाउन सकिनेछ ।

पहिलो संस्करणमा बिजेता तेजेन्द्र बिश्वास र सिवानी चौधरी, फर्स्ट रनर अप सिजन चौधरी र सृजना चौधरी, सेकेन्ड रनर अप सुवास चौधरी र अंकिता चौधरीलाई चिनाउन सफल भएका थिए भने दोश्रो संस्करणमा बिजेता अमन चौधरी र अंकिता बिश्वास, फर्स्ट रनर अप करण माझी र रेसिका चौधरी, सेकेन्ड रनर अप पारस चौधरी र सोनम चौधरी भएका हुन्।

थारु कला केन्द्रको आयोजना हुने उक्त कार्यक्रम कोरोना कहर थलिएको अवस्थामा बिगत २ वर्ष देखि निरन्तर गर्न सकेको थिएन।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto