२० आश्विन २०८१, आईतवार

ब्याड टच’ घटनाबारे मिरुनाको स्पष्टीकरण:

105

नायिका मिरुना मगरले आफूमाथि भएकोब्याड टचको घटनाबारे स्पष्टीकरण दिएकी छिन्।

फेसबुकमा लामो स्ट्याटस लेख्दै मिरुनाले आफूलाई जेठ १५ गते सिभिल मलमा फूर्पा तामाङले अनुचित ढंगले छोएको उल्लेख गरेकी छिन्। तर उक्त घटनामा आफूले फूर्पाको माफी स्वीकार गरेको बताएकी छिन्। 

फूर्पा तामाङले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढंगले नै मलाई छोएको जेठ १७ गतेको दिन आफूबाट भएको योनदुर्व्यवहारको लागि निःस्वार्थ रूपमा माफी मागेको मैले उहाँको माफी स्वीकार गरेकी छु‘, मिरुनाले लेखेकी छिन्, ‘सबै पक्षका अग्रज प्रतिनिधि, वरिष्ठ लामा गुरूहरू लगायत दुबै पक्षबाट सहमति भएको हो। जेठ १५ मा भएको मेरो कार्य कुनै पनि धर्म समाजविरूद्ध नभई व्यक्तिविरूद्ध भएता पनि यस घटनाबाट जानअन्जानमा दुखित हुनु हुने बृहत समुदायमा हार्दिक क्षमायाचना गर्दछु।

मिरुनाले जेठ १५ गते आफूलाई छुने फूर्पालाई सार्वजनिक रुपमै थप्पड हानेकी थिइन्।

साथै उनले प्रहरीमा समेत फूर्पाको अनुचित व्यवहारविरुद्ध उजुरी दिएकी थिइन्। तर तामाङ/लामा समुदाय सार्वजनिक रुपमै विरोधमाउत्रिएका थिए। उनीहरुले प्रदर्शन भइरहेको मिरुनाको फिल्म कबड्डी रोक्न माग माग गरेका थिए।

विरोध बढेपछि फूर्पालाई प्रहरीले छाडेको थियो। लगत्तै जेठ १७ गते फिल्मका कलाकार, निर्देशक लामा गुरुहरु साक्षी राखेर दुबैपक्षबीच माफी माग्ने दिने सहमति भएको थियो।

मिरुनाले आफूले कठिन समय भोगेको समेत बताएकी छिन्।यस कठिन समयमा मलाई दिनुभएको अपार समर्थन हिम्मत अनि मायाको लागी मेरा सम्पूर्ण सहयोगी मन, प्रंशसकहरू, आफन्तहरू  नेपाली दर्शकहरू सबैमा हृदयदेखि कृतज्ञता प्रकट गर्दछु‘, मिरुनाले लेखेकी छिन्, ‘तपाईहरू मध्ये धेरैले मसँग बाँड्न आउनु भएको मेरा जस्तै घटनाका कथाहरूबाट अत्यन्तै प्रभावित भएकी छु। यो समयमा यी कथाहरू बाट साहस जुटाउन सकेकोमा तपाईहरूकोप्रंशसा नगरी रहन सक्दिनँ।

मिरुनाले गलत कदमका विरुद्ध लड्न सबैलाई आग्रह समेत गरेकी छिन्।चुपचाप आफूले कहिल्यै दु: नसहनुहोस् गलतको विरूद्ध जहिलै लड्नुहोस्‘, मिरुनाले लेखेकी छिन्, ‘अहिलेलाई जति नै कठिन भएपनि भोलिको दिन परिवर्तन अवश्य होला। कुनै पनि सहि कार्य गर्नुको निम्ति समय गलत हुँदैन।

Leave A Reply

Your email address will not be published.