२५ आश्विन २०८१, शुक्रबार

चरित्र हत्या गर्ने समाचार नहटाए कानुनी उपचारमा जाने करिश्माको चेतावनी

82

काठमाडौं । स्थानीय तह निर्वाचनको विषयलाई लिएर आफ्नो चरित्रहत्या गर्नेगरी कतिपय अनलाइन सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले आपत्ति जनाएकी छन् ।

उनले त्यस्ता समाचार नहटाए कानुनी उपचारमा जाने चेतावनी समेत दिएकी छन् । करिश्माले ललितपुरको गोदावरी नगरपालिका लगायत देशभर नेकपा एमालेको चुनावी अवस्थालाई लिएर कतिपय अनलाइन सञ्चारमाध्यमले आफ्नो चरित्र हत्या हुनेगरी समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिललाई जानकारी समेत गराएकी छन् ।

‘करिश्मा जुन पार्टी प्रवेश गर्छिन्, त्यो पार्टी पत्तासाफ’ भन्ने खालका समाचार र सामाजिक सञ्जालमा समेत यस्तै आशयका पोस्ट आएकाले त्यसलाई हटाउन र अटेर गरे कानुनी उपचार खोज्ने उनको चेतावनी छ ।

स्थानीय तह निर्वाचनको केही समयअघि करिश्मा एमाले प्रवेश गरेकी हुन् ।

Leave A Reply

Your email address will not be published.