‘लुट’को तेस्रो सिक्वेल बन्ने, पटकथा लेखन सुरु
सन् २०१२ मा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्मको दोस्रो भाग सन् २०१७ मा प्रदर्शनमा आएको थियो ।
काठमाडौं । नेपाली फिल्मको कथावाचनमा ट्रेण्डसेटर कायम राखेको फिल्म ‘लुट’को तेस्रो सिक्वेल निर्माण हुने भएको छ । निर्माता माधव वाग्लेले फिल्मको पटकथा लेखन सुरु भएको जानकारी दिएका छन् ।
सन् २०१२ मा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्मको दोस्रो भाग सन् २०१७ मा प्रदर्शनमा आएको थियो । नेपाली फिल्ममा संकटकाल लगाउने तयारी भइरहँदा ‘लुट’को बक्स अफिस सफलताले आशा जगाएको थियो ।
निर्माता वाग्लेका अनुसार निर्देशक बस्नेतले स्क्रिप्ट लेखन थालेको जानकारी दिए । ‘कहिलेदेखि छायांकन सुरु हुन्छ भन्ने निधो छैन, तर निर्देशकले स्क्रिप्ट लेखन थालेका छन्,’ वाग्लेले अनलाइनखबरसँग भने ।
निर्देशक बस्नेतले पनि लुटको तेस्रो सिक्वेलबारे निर्माता वाग्लेसँग कुराकानी भएपनि धेरै कुरा अघि नबढिसकेको बताए । ‘उहाँसँग कुरा भएको थियो,’ निश्चलले भने ।