११ माघ २०८१, शुक्रबार

जोखिमको पूर्वसूचनालाई वेवास्ता गर्दा ठूलो क्षति

8


गृह मन्त्रालयले बाढी पहिरो प्रभावित धादिङका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार धादिङको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई पठाइएको छ।

यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए। उनलाई गृह मन्त्रालयमा तानिएको तिवारीले बताए।

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सञ्चालनमा प्रशासनले रोक नलगाउँदा ठूलो क्षति भएको गृह मन्त्रालयको निष्कर्ष छ।

Leave A Reply

Your email address will not be published.