दुर्गा प्रसाईंका दुई समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।
८ असोज, काठमाडौं। ट्रकमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईंका दुई समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापा हल्दिवारी गाउँपालिका– १ का ४० वर्षीय भीम लिम्बु तुम्वापो र झापा बिर्तामोड नगरपालिका–७ का ३९ वर्षीय विजय चौधरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।
कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए ।
आगजानीबाट घाइते भएका दुवै ट्रकका चालकहरुको उपचार भइरहेको झापाका डीएसपी कृष्ण चन्दले बताए ।