२० आश्विन २०८१, आईतवार

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने

1


सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको हो।

यसअघि आजै निर्वाचन आयोगले सरकारलाई मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न सुझाव दिएको थियो।

प्रधानमन्त्री ओलीले निर्वाचनलाई मितव्ययीरूपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न निर्वाचन आयोगलाई आग्रहसमेत गरेको छ।

आयोगका अनुसार हाल जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिट रिक्त छन् l

Leave A Reply

Your email address will not be published.