२५ आश्विन २०८१, शुक्रबार

तरलता व्यवस्थापनका लागि आज राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ झिक्न लागेको छl

3


काठमाण्डौ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि १०० अर्ब रकम झिक्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल  गर्न सकिने बैंकले जनाएको छ । अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल भएमा बजारबाट पैसा झिक्ने गर्छ भने ६।५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

Leave A Reply

Your email address will not be published.