२५ आश्विन २०८१, शुक्रबार

सडकमा ट्राफिक जाम छ/छैन ?

यात्रामा निस्किनु अघि यसरी हेर्नुहोस् आफ्नै मोबाइलमा

4

काठमाडौं । सवारी साधनमा यात्रा गर्दा सबैभन्दा असहज र तनावपूर्ण अवस्था के होला ? पक्कै पनि ट्राफिक जाममा फस्नु नै हो । यो कुनै नौलो कुरा होइन, काठमाडौंजस्ता सहरमा त झन जाम एउटा ‘डेली रुटिन’ जस्तै भइसक्यो । तर फोनबाटै तपाईँले ट्राफिकको स्थिति पहिल्यै थाहा पाएर वैकल्पिक मार्ग रोज्न सक्नुहुन्छ । जाममा फस्नुपर्ने तनावबाट मुक्त हुनका लागि यो नै स्मार्ट तरिका हो

लोकप्रिय एपमध्ये एक हो, गुगल म्याप्स। तपाईं जहाँ जान चाहनुहुन्छ, लोकेसन टाइप गरेर रुट हेर्नुहोस् । यदि जामको समस्या छ भने गुगलले तपाईंलाई रातो रङमा देखाउँछ। हल्का जाम छ भने सुन्तला रङ र कुनै जाम छैन भने हरियो रङमा मार्ग देखाइन्छ । नजिकका सबै रुटहरू, वैकल्पिक बाटो र समयमा पुग्नसक्ने विकल्प पनि गुगल म्याप्सले सजिलै देखाउँछ ।

Leave A Reply

Your email address will not be published.