८ वटा संकायका डीनका लागि आवेदन माग
त्रिभुवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम १७५ (२) र त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ अनुसार ८ वटा संकायका डीनका लागि आवेदन माग गरिएको हो ।
यसका लागि कुनै पनि राजनीति दलसँग आबद्ध नरहेको स्वघोषणा गर्नुपर्ने त्रिविको कानुनी व्यवस्था छ । सोही आधारमा स्वघोषणा गरेको कागजपत्र पेश गर्नुपर्ने र पछि दलका सदस्य रहेको पाइएमा कारबाही गरिने त्रिविले जनाएको छ ।