भारतीय समेत शहीद बनेको उत्तर र दक्षिण कोरियाको त्यो लडाइँ (फोटोफिचर)
सियोल। सन् १९५० देखी सन् १९५३ सम्म उत्तर र दक्षिण कोरिया बीच भएको लडाइ धेरैले विश्व युद्दसङ्ग दाज्ने गर्छन्। ठ्याक्कै ३ बर्ष १ महिना २दिन सम्म चलेको उक्त लडाईमा लाखौ मानिसले ज्यान गुमाएका थिए। त्यस युद्दमा उत्तर कोरियालाई चीन र सोभियत संघले समर्थनगरेको थियो भने दक्षिण कोरियालाई अमेरिका लगायतका अन्य सहयोगी राष्ट्रहरू वेलायत, क्यानडा आदिले समर्थन गरेका थिए। त्यसोत यो लडाईमा दक्षिणलाई भारतको पनि सहयोग थियो । यस लडाईमा ३ जना भारतीय शहिद भएका थिए । यो युद्ध २७ जुलाई १९५३मा समाप्त भयो।
त्यहि कहालीलाग्दो समयको सम्झनामा दक्षिण कोरियामा द वार मेमोरियल अफ कोरिया ( कोरियाको युद्ध स्मारक) निर्माण गरिएको छ। यो दक्षिण कोरियाको योङ्गसान गु, सियोलमा अवस्थित छ । यहाँ कोरियाली युद्धसँग सम्बन्धित सामग्रीहरू प्रदर्शन र संरक्षण गरिदैआएको छ । यो जुन १०, १९९४ मा युद्ध स्मारक सेवा कोरिया समाज द्वारा देशभक्त शहीदहरूको महान बलिदानको सम्झनामा स्थापनागरिएको थियो ।
यस स्मारकमा सहयोगी राष्ट्रहरुको सम्झनामा ती राष्ट्रको झण्डा र युद्दमा ज्यान गुमाएका विर शहिदहरुको नाम समेत राखिएको छ। संग्रहालयमा लगभग ३३ हजार कलाकृतिहरू छन् जसमा लगभग १० हजार इनडोर र आउटडोर प्रदर्शनीहरूमा प्रदर्शनमा छन्।