२० आश्विन २०८१, आईतवार

धरानका नवनिवार्चित मेयर हर्क साम्पाङ्को पहिलो निर्णय

169

जेठ ९, धरान।धरान उपमहानगरपालिकामा नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ)ले आज पदभार ग्रहण गरेका छन् ।धरान उपमहानगरपालिकामा मंगलबार आफ्नो कार्यकक्ष प्रवेश गर्दै  राईले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसँगै उनले वैज्ञानिक कर लागु गर्न अध्ययन गरि सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय गरेका छन् । कार्यदलको संयोजकमा उपमेयर अइन्द्रबिक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजश्व महाशाखा प्रमुख छन् ।

यस्तै, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक जना अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा उनले तोकेको व्यक्ति कार्यदलमा सदस्य रहनेछ्न । उक्त कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आयस्रोतहरुको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरि सुझाव दिने मेयर राईले जानकारी दिए ।

पदभार ग्रहण गरेपछि मेयर राई पब्लिक स्कुलको मैदानमा पुगेका थिए । त्यहाँ उनका समर्थक, शुभेच्छुक तथा दाताहरु भेला भएका थिए । स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ समुहबाट उपमेयरका उम्मेद्वार दत्तकुमार लिम्बु र विभिन्न वडामा वडाअध्यक्ष उम्मेद्वारलाई सम्मान पनि गरिएको थियो । त्यसपछि धन्यवाद ज्ञापनको विशाल र्याली निस्किएको थियो ।

Leave A Reply

Your email address will not be published.