४ फाल्गुन २०८१, आईतवार

यो निर्वाचनमा जसपा निर्णायक भुमिकामा: खगेन्द्र माखिम

कसलाई जिताउने वा हराउने महत्वपुर्ण भुमिका हाम्रो रहन्छ

555

मोरङ, बैशाख २१ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सबै दलहरु तयारीमा छन् । गठबन्धन सरकारले निर्वाचनमा तालमेल गरेर जाने भनेपनि आधिकांश ठाउमा तालमेल हुन सकेन । यसको असर गठबन्धनका सबै दलहरुलाई पर्छ नै । यहि कारण धेरै ठाउँमा मत परिणाममा पनि असर पर्ने देखिएको छ । यस्तो अवस्थामा मुख्य भुमिकामा जनता समाजवादि पार्टी जसपा रहने दाबि गर्छन जसपा लिम्बुवान राष्ट्रिय समितीका अध्यक्ष खगेन्द्र माखिम । यो चुनावमा हामि हार्दैनौ, कि त केही सिक्छौ, कि त जीत्छौ । माखिम भन्छन् ;“हामिले जीत्न नसके पनि कसलाई जिताउने र कसलाई हराउने भन्ने कुरामा हाम्रो महत्वपुर्ण भुमिका रहन्छ । यो निर्वाचनमा निर्णायक भुमिका हाम्रो पार्टीको रहनेछ ।” पहिलोउडानडटकमले जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमसंग स्थानीय निर्वाचनको सन्दर्भमा गरेको संक्षिप्त कुराकानी:

निर्वाचन कतिको लागेको छ ?
निर्वाचन त लागेको छ तर हामीलाई अन्य पार्टीहरु जस्तो फरक रुपमा लागेको छैन । हामी निर्वाचन खर्चिलो बनाउन हुन्न भन्नेमा छौ । हाम्रोलागि निर्वाचन अन्तिम गन्तव्य होईन । निर्वाचनमा हामी साम दाम,दण्ड,भेद सबै प्रयोग गरेर जीत्नु पर्छ नै भन्ने पक्षमा छैनौ । चुनावमा खाली हामीले पार्टीको निति, विचार र मुद्धालाई घरघरमा पुर्याउने मात्र हो । यो निर्वाचनमा हामी हार्दैनौ, कि त केही सिक्छौ, कि त जीत्छौ ।

निर्वाचनको तयारी कस्तो छ, कसरी अगाडि बढिरहनु भएको छ ?
हामी चुनावको लागि निर्णायक पार्टी हौ । हामी स्थानीय निर्वाचनको तेस्रो र चौथो स्थानमा रहेको पार्टी हौ त्यसैले कसलाई जिताउने वा हराउने भन्ने कुरामा हाम्रो भुमिका महत्वपुर्ण रहन्छ । यसरीनै चुनावी प्रचार प्रसार त भै नै हाल्यो । विशेष चाहि जनतालाई आफुले दिने मतको महत्व बारे पनि सचेतना गराउदैछौ ।

यो निर्वाचनपछि जनता समाजवादि पार्टीको स्थान के रहला ?
अहिलेको निर्वाचन प्रणालीमा, अहिलेको शासन व्यवस्थामा, अहिलेको जुन राजनीतिक व्यवस्था छ यस्तो अवस्थामा पहिलो, दोस्रो हुने दौडमा हामि छैनौ । हामी फरक राज्य सत्ता र व्यवस्था निर्माण गर्न चाहान्छौ । अहिलेको चुनाव चाहि यहि राज्य सत्ता यहि राज्य व्यवस्थालाई बलियो बनाउनका निमित्त भैरहेको कारण हामी यस निर्वाचनमा पहिलो हुन सक्ने कुरै भएन । पुरानो राज्य सत्तालाई परिवर्तन गरेर अब आउने निर्वाचनमा पहिलो हुने हाम्रो रणनीति हो ।

तपाईले भन्नु भएको परिवर्तन तर्फ जसपाको अबको कदम के हुन्छ ?
मुलरुपमा कुनै पनि संगठन वा पार्टी तीन चरणमा अगाडि बढ्छ । पहिलो फरमेसन, दोस्रो अस्तित्वको लागि लड्छ र तेस्रो चरणमा निर्माणको प्रक्रियामा जान्छ । हामी अहिले दोस्रो चरणमा छौ र अस्तित्वको लागि लडिरहेको छौ । यो चरणमा हामी कसैलाई परास्त गर्न सक्दैनौ तर जब अस्तित्व कायम हुन्छ तव मात्र प्रतिस्पर्धामा जान सक्ने स्थीति रहन्छ । अस्तित्वको लडाईको लागि संघर्ष गरीरहेको यो चरण पार गरेपछि मात्र हामीले चाल्ने कदमहरु, गर्ने कुराहरु अगाडि बढ्छ ।

निर्वाचन एकदमै नजिक छ , केही स्थानमा जसपा सहितका दलहरुले गठबन्धन गरेर चुनाव लड्दैछ, अधिकांश स्थानमा गठबन्धन हुन सकेन, कारण के हो ?
यो त निकै सजिलो प्रश्न भयो । हाम्रो समाज विविधता पुर्ण छ । तर यहाँ कुनै एक पार्टीले एक्लै अगाडि बढ्छु भन्दा के होला, भएको यहि हो । वास्तवमा यो गठबन्धन नै होईन । गठबन्धन सरकार छ, गठबन्धनमा भएका दलहरुबीच चुनावको लागि गरीएको तालमेल चाहि हो । गठबन्धन र तालमेलमा आकाश जमिनको फरक छ । तालमेल नहुनुको मुल कारण चाहि स्वार्थ हो । जुन स्वार्थ माओवादीमा देखियो ।

तालमेल नहुदा घाटा त सबै दललाई हुन्छ नै, अझ साना पार्टीहरुलाई बढि होला । यसले मत परिणाममा पनि असर त गर्ला नि ?
पक्कै पनि र यसको फाईदा एमालेलाई हुने देखिन्छ । यदि ईमान्दार पुर्वक तालमेल भएको भए केपि ओलिको अहमता मेटिन्थ्यो तालमेल हुन सकेन, यसको प्रत्यक्ष फाईदा एमालेलाई हुन्छ । यसले मत परिणाममा समेत असर पुग्छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
भन्नै पर्ने कुरा युवाहरु जसरी अन्य क्षेत्रमा सक्रिय छन् । त्यसरीनै राजनीति पनि बुझ्न जरुरी छ । राजनीतिमै लाग्नु भन्दिन तर राजनीति बुझ्न जरुरी छ । युवाहरुलाई उर्जाशिल समयमा विदेश पठाउने नभई आफ्नै गाउँमा आफ्नै ठाउँमा रोक्ने व्यवस्था गर्न जरुरी छ । देश छोडेर देश बन्छ भन्नु, आफ्नो गाउँ छोडेर गाउँको विकास गर्छु भन्नु यो जतिको हावा कुरा केहि छैन । युवाहरुलाई आफ्नै देशमा रोक्ने वातावरण सिर्जना गर्न सबैले पहल गरौ भन्ने आग्रह गर्न चाहान्छु ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto