जनताले कामको मुल्यांकन गर्नेछन्: चन्द्र लिम्बु
भ्रष्टचाररहित सुशासनयुक्त समुन्नत नमुना वडा बनाउनेछु
बेलबारी, बैशाख २१। चन्द्र लिम्बु बैशाख ३० गते हुने आसन्न निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बेलबारी नगरपालिका वार्ड नं ४ का अध्यक्ष उम्मेदवार हुन् । सामाजीक काममा धेरै अगाडिबाट सक्रिय लिम्बु आफुले गरेका कामहरु जनताले देखेका कारण पनि आफुले यो चुनाव जित्नेमा ढुक्क छन् । लिम्बु भन्छन( “जनताले मेरो कामको मुल्यांकन गर्नेछन् । ” त्यसो त उनलाई जीत्न त्यति सहज भने छैन । उनका प्रत्यासी माओवादी केन्द्रका राम कुमार राई बलियो उम्मेद्धार हुन् । राई निवर्तमान वडाध्यक्ष पनि हुन् ।
यस्ता चुनौतीका वाबजुद पनि लिम्बु आफुले जीत्नेमा विश्वस्त छन् । उनले आफुले जीते वडाका काममा वडावासीले पाएको सास्ती, दुख हल गर्ने बताएका छन् । त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि,सडक यातायात, प्रशासन, पर्यटन, महिला बालबालिका, खेलकुद लगायतका क्षेत्रमा चुस्त दुरुस्त काम गर्दै भ्रष्टचार रहित नमुना वडा बनाउने लिम्बुले प्रतिवद्धता समेत जनाएका छन् ।