२८ आश्विन २०८१, सोमबार

धरानमा नेपाली कांग्रेस कडा चुनौतीको रुपमा

नेकपा एमालेको विरासत फर्काउने तयारी ;

170


धरान \ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका धरान उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट किसोर राई र उपमेयरमा अइन्द्र बिक्रम बेघाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । प्रमुख भिडन्तमा रहेको एमालेले निवर्तमान उपमेयर मञ्जु भण्डारीलाई मेयर र उपमेयरमा पदम प्रसाद लिम्बुलाई उम्मेदवार बनाएको छ । धरानका चौक देखी पसल पसलमा दलका नेताहरु भोट मगिरहेको दृश्य देखिन्छ । जनमतलाई आफ्नो पक्षमा पार्न दलहरूले जोडबल गरिरहेका छन् ।

बहुसांस्कृतिक आवासीय सहरको रूपमा परिचित धरानमा आदिवासी जनजातिको बाहुल्यता छ । धरानमा विशेषगरि पूर्व ब्रिटिस सैनिकहरूको बाक्लो बसोबास रहेको छ । जसको सकस एमालेका उम्मेदवारलाई पर्ने स्थानीय बुद्धिजीवीले बताएका छन ।

२ वर्ष अगाडि धरासायी बनेको धरानको वामपन्थी विरासत फेरि फर्काउने तयारीमा रहेको नेकपा एमालेलाई ठुलो चुनौती देखिएको छ । धरानमा तीन दशकभन्दा लामो समयदेखि वामपन्थीको वर्चश्व रहँदै आएकोमा दुई वर्ष अघि सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भने नेपाली काँग्रेसले बाजी मारेको थियो ।

Leave A Reply

Your email address will not be published.