२० आश्विन २०८१, आईतवार

झापामा छुरा प्रहार

0

झापा —झापामा छुरा प्रहार गरी शुक्रबार किशोरीको हत्या भएको छ । अर्जुनधारा नगरपालिका-६ स्थित महानन्द चोकमा शुक्रबार साँझ छुरा प्रहार गरी किशोरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलामको सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया किशोरी मनिषा लोहार अस्थायी रुपमा विर्मामोडमा बस्दै आएकी थिइन् । किशोरीमाथि कैलालीको गौरीगंगा-३ का २० वर्षीय अनिल विकले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्धमा आएको दरारका कारण युवतीमाथि छुरा प्रहार भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

Leave A Reply

Your email address will not be published.