बेलबारी जेसीजले गर्यो भव्यताकासाथ जेसीज सप्ताहको समापन
मोरङको बेलबारीमा रहेको बेलबारी जेसीजले “जेसीज सप्ताह २०७९ “को समापन गरेको छ । साताभरि विभिन्न कार्यक्रम आयोजना गरेको बेलबारी जेसीजले शुक्रबार केराबारीमा सप्ताहको समापन गरेको छ ।
भाद्र २६ बाट सुरु गरिएको जेसीज सप्ताहको पहिलो दिन जेसी विप्लव पोखे्रेलको संयोजकत्वमा ‘गो ग्रीन बेलबारी’ अन्तर्गत बेलबारी नगरभरिका ११ वटै वडामा वृक्षरोपन कार्यक्रम गरिएको थियो । त्यस्तै भाद्र २८ गते जेसी सनम खतिवडाको संयोजकत्वमा‘भिजिट लोम’ अन्तर्गत जेसीजको विभिन्न शाखाहरु भ्रमण गरिएको थियो ।२९ गते जेसी सपना काफ्लेको संयोजकत्वमा ‘मुस्कान प्रहरी मेरो साथी’ कार्यक्रम बेलबारी १ मा अवस्थित सगरमाथा विध्यालयमा गरिएको थियो । असोज ३ गते बिहान जेसी सियोम सुवेदीको संयोजकत्वमा ‘फ्रेण्डली फुट्सल’ कार्यक्रम प्लानेट लाउंजमा गरिएको थियो । ५ गते बिहान जेसी ओमनाथ गौतमको संयोजकत्वमा‘लेट्स हियर बेलबारी’ शिक्षा सन्देश विध्यालयमा गरिएको थियो र सोही दिन जेसी सरोज सुवेदीको संयोजकत्वमा ‘बिजनेस ट्राभल’ कार्यक्रम बेलबारीमा गरिएको थियो । ७ गते जेसी विकि मगरको संयोजकत्वमा ‘एन्टि ड्रग पिस मार्च’ कार्यक्रम र सोहि दिन ‘टि टाइमविथ पास्ट प्रेसिडेन्ट अफ बेलबारी’ कार्यक्रम गरि जेसीज सप्ताहको समापन गरिएको बेलबारी जेसीज २०२२ का अध्यक्ष नवराजसुवेदीले जानकारी दिएका छन । कार्यक्रम निकै प्रभावकारी भएको सुवेदीले बताएका छन ।
साताभरि विभिन्न कार्यक्रम गरिएको ‘जेसीज सप्ताह २०७९’ को मुल कार्यक्रम संयोजक जेसी प्रशान्त निरौला रहेका थिए भने सह–संयोजक जेसी भुवन कार्की र इभेन्ट म्यानेजमेन्ट संयोजक जेसी विकास बुढाथोकी रहेका थिए ।
Comments are closed.