पोल्याण्डले साउदीलाई २-० ले हरायो
रोबर्ट लेवान्डोस्कीले विश्वकप फुटबलमा डेब्यु गोल गर्दा पोल्याण्डमा कतारमा भइरहेको फिफा विश्वकपमा शनिवार साउदीअरेबियालाई २–० ले पराजित गरेको छ ।
एजुकेसन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डलाई जिताउन लेवान्डोस्कीसँगै पिटर जेलिन्सकीले पनि गोल गरे । जेलिन्स्कीले ३९औं मिनेटमा लेवान्डोस्कीको पासमा गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए ।
८२ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै विश्वकपमा गोलको खाता खोले । पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनालाई २–१ लेपराजित गर्दै शनसनी मच्चाएको साउदीले भने पोल्याण्ड विरुद्ध पेनाल्टीमा पनि गोल गर्न सकेन ।
एक गोलले पछि परेको अवस्थामा साउदीले बराबरी गर्ने अवसर पाएको थियो । तर अर्जेन्टिना विरुद्ध गोल गरेका सालेम हल दावसरीपेनाल्टीमा चुके । उनको प्रहार पोल्याण्डका वेस्जी सेज्नेले बचाएका थिए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा साउदीले पोल्याण्ड भन्दा बढी बल पोसेसन राखेको थियो । गोलका लागि पनि साउदीले नै धेरैअवसर बनाएको थियो । तर फिनिसिङ गर्न सकेन ।
पहिलो खेलमा मेक्सिको विरुद्ध गोलरहित बराबरी खेलेको पोल्याण्डले पहिलो जितपछि अन्तिम १६ मा पुग्ने सम्भावनालाई बलियोबनाएको छ । पोल्याण्ड दुई खेलबाट ४ अंक जोड्दै समूह सी को शीर्ष स्थानमा छ ।
साउदी ३ अंकसहित दोस्रो स्थानमा छ । पोल्याण्डले अब अन्तिम खेल अर्जेन्टिनासँग र साउदीले मेक्सिकोसँग खेल्नेछ । आजै मध्यरातमा अर्जेन्टिनाले गर या मरको खेलमा मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ ।