जसपा निकट शेर्पालुङ राष्ट्रिय समन्वय समितिको अध्यक्षमा दावा शेर्पा
काठमाडौं, १४ साउन। काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा आयोजित शेर्पालुङ राष्ट्रिय भेलाले दावा शेर्पा लाई शेर्पालुङ राष्ट्रिय समन्वयसमितिको अध्यक्षमा चयन गरेको छ ।
शनिवार जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठको ले प्रमुख आतिथ्यमासम्पन्न भेलाले दावा शेर्पाको अध्यक्षतामा २७ सदस्यीय नयाँ समिति चयन गरेको हो।
भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पहिचान सहितको सङ्घियता नै जसपाको मुल मुद्धा रहेको बताए ।
कार्यक्रममा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा निवर्तमान मन्त्री रामसहाय प्रसाद यादव, केन्द्रीय सदस्यहरु, पहिचानमाआधारित राष्ट्रिय समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।
त्यसैगरि खिजिदेम्बा गाउँपालिका ओखलढुङ्गाका अध्यक्ष गम्बु शेर्पा समेतको उपस्थित रहेको थियो । सोही भेलामा विभिन्न दलपरित्याग गरी सयौंको संख्यामा कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए ।