श्रीमानको यातनाबाट एक महिलाको मृत्यु
१७ जेठ/आफ्नै घरमा श्रीमानबाट शारीरिक यातना पाएकी एक महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
चितवनको खैरहनी नगरपालिका–१० की गीता माझी गत बिहीबार साँझ श्रीमानबाट कुटिएकी थिइन्।
प्रत्यक्षदर्शीका अनुसार श्रीमानले उनको मलद्वारबाट लौरो छिराएर यातना दिएका थिए। उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेकाअनुसार मलद्वारबाट लौरो घुसाउँदा माझीको यौनाङ्ग र मलद्वार बीचको भाग च्यातिएको थियो। श्रीमानको कुटाईबाट ३८ वर्षीयामाझीको कम्मरको हड्डी पनि भाँचिएको थियो।
स्थानीयबासिन्दाले थाहा पाएपछि श्रीमानलाई प्रहरीको जिम्मा लगाएर गीतालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो।अस्पतालले उनको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो।
सोमबार दिउँसो उनको शल्यक्रिया गरिएको थियो। तर राति १२ बजेतिर उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारीगोपाल पौडेलले जानकारी दिए।
गीताका ४० वर्षीय श्रीमान रामचन्द्र माझी प्रहरीको नियन्त्रणमा छन्। उनी विरुद्धमा प्रहरीमा उजुरी परेको छैन। जिल्ला प्रहरी कार्यालयचितवनका प्रबक्ता डिएसपी नरहरि अधिकारीले गम्भीर प्रकृतिको घटना भएका कारण प्रहरीको प्रतिवेदनकै आधारमा अनुसन्धानगरिरहेको जानकारी दिए।