२८ आश्विन २०८१, सोमबार

सम्पर्कविहीन तारा एयरको जहाज टीटी भन्ने स्थानमा दुर्घटनाग्रस्त

92

जेठ १५, काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको (९ एन एइटी कल साइन)को टुइनअटर जहाज मुस्ताङको खासा नजिकै टीटी भन्ने स्थानमा दुर्घटना ग्रस्त भएको पुष्टि भएको छ ।

वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेका अनुसार उक्त जहाज १२ बजे भेटिएको हो ।  पोखराबाट जोमसोमाका लागि उडेको तारा एयरको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको थियो ।

उक्त जहाजमा चालक दलका सदस्यहरुसहित २२ जना सवार रहेका थिए । अहिले दुर्घटनास्थलामा हेलिकप्टर परिचालन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.